अर्घाखाँचीमा जीप दु*र्घटना हुँदा २ जनाको मृ*त्यु, २४ घाइते

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68da0dc6405a2.jpg

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–ढोरपाटन सडक खण्ड अन्तर्गत सन्धिखर्क–९, टारीमा आज बिहान एक जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । दुर्घटनामा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेलको मृत्यु भएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको अहिले अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि बुटवल ’रिफर’ गरिएको प्रहरीले जनाएको छ ।


Facebook Comments