रास्वपाका पूर्वसांसदलाई रातो पासपोर्ट र परिचयपत्र फिर्ता गर्न निर्देशन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68da0ef3dbaeb.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदहरूलाई रातो पासपोर्ट (कूटनीतिक राहदानी) र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार पूर्वसांसदहरूलाई जतिसक्दो चाँडो यो प्रक्रिया पूरा गर्न अनुरोध गरिएको हो । जेनजी प्रदर्शनपछि रास्वपाका सबै सांसदले पदबाट सामूहिक राजीनामा दिएका थिए ।

त्यसैगरी, पार्टीले जेनजी आन्दोलनमा भएको क्षतिका कारण देश राष्ट्रिय शोकको घडीमा रहेको भन्दै सम्पूर्ण पार्टी पंक्तिलाई चाडपर्वका समयमा पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न पनि निर्देशन दिएको छ ।

रास्वपाले भनेको छ, ‘जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौं ।’


Facebook Comments