तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न राष्ट्रपति पौडेलको अपिल

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68da1581ca104.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८२ को शुभकामना सन्देश जारी गर्दै तोकिएको समयमै निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबै राजनीतिक शक्तिहरूलाई संयमित हुन र सहकार्य गर्न अपिल गरेका छन् ।

जेनजी प्रदर्शनपछि उत्पन्न असाधारण परिस्थिति र प्रतिनिधि सभा विघटनको सन्दर्भमा राष्ट्रपति पौडेलले मुलुकमा देखिएका समस्याहरूको शीघ्र हल गर्न र समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भनी प्रार्थना गरेका छन् ।

उनले प्रदर्शनका क्रममा भएको मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक क्षतिलाई उपयुक्त व्यवस्थापन गरी अगाडि बढ्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

राष्ट्रपति पौडेलले दशैँ पर्वको संरक्षणले राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मानको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा विकास गर्न सकोस् भनी कामना गरे ।


Facebook Comments