घरेलु विवादमा इटहरीमा श्रीमानले गरे श्रीमतीको ह*त्या

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dbcacad16f3.jpg

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा घरेलु विवाद का क्रममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।

हत्या हुनेमा खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा डेरामा बस्ने २५ वर्षीया अनिसा भट्टराई रहेकी छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अनिसाका श्रीमान् सुमन दाहाललाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार, सुमनले अनिसालाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते अनिसालाई उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको हो । प्रहरीले दाहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।


Facebook Comments