सिंहदरबारको आगो निभाउन काठमाडौं महानगरको दमकल पुगेको दाबी


काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा राजधानीका प्रमुख सरकारी संरचनाहरूमा भएको आगजनी र तोडफोडको घटनामा काठमाडौं महानगरपालिकाको निष्क्रियताबारे चौतर्फी प्रश्न उठेपछि महानगरले सार्वजनिक रूपमा त्यसको जवाफ दिएको छ ।
बुधबार दिउँसो काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले सामाजिक सञ्जालमार्फत मेयर बालेन शाह र महानगरको बचाउ गर्दै सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिला काठमाडौँ महानगरको दमकल पुगेको दाबी गरेका छन् । पाण्डेले आफ्नो दाबीमाथि पत्यार नलागे नेपाली सेनासँग सोध्न समेत चुनौती दिए ।
जेनजी आन्दोलनको क्षतिमाथि राज्यका निकायहरूबीच समन्वय नभएको भन्दै प्रमुख रूपमा महानगरको आलोचना भइरहेका बेला प्रहरी प्रमुखको भनाइले मेयर बालेनमाथि लागेको निष्क्रियताको आरोप चिर्ने प्रयासका रूपमा हेरिएको छ ।
Facebook Comments