निलम्बनमा परेपछि वेस्ट इन्डिजविरुद्धको शृंखला खेल्न पाएनन् सन्दीपले


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको टी–२० आई शृंखलाका बाँकी खेलहरूका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार साँझ विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार, सन्दीपले सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि आफैँले नखेल्ने निर्णय गरेका थिए । उनको उक्त कदमले ‘टीम म्यानेजमेन्ट, खेलाडी एवं समग्र नेपाली क्रिकेटमै गम्भीर असर’ पर्न गएको क्यानको ठहर छ ।
व्यवस्थापनको सिफारिसमा क्यानले उनलाई बाँकी सिरिजका लागि निलम्बन गरेको जनाएको छ । यद्यपि, सन्दीप ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि भने टोलीमा समावेश हुने बताइएको छ ।
Facebook Comments