९ दिनमा ६ लाख ११ हजारले छाडे काठमाडौं उपत्यका

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dd14a0e2472.jpg

काठमाडौं । बडादशैँको आगमनसँगै काठमाडौं उपत्यका छाडेर आ–आफ्नो गन्तव्यतर्फ जाने यात्रुको सङ्ख्या तीव्र रूपमा बढेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, असोज ६ गते घटस्थापना सुरु भएदेखि आज (नवौँ दिन) सम्मको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जनाले उपत्यका छाडेका छन् ।

पछिल्लो २४ घण्टामा ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका छन् । सोही अवधिमा १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका छन् ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिएअनुसार, घटस्थापनादेखि आजसम्म उपत्यकाबाट बाहिरिएका सवारी साधनको कुल सङ्ख्या एक लाख १३ हजार ४१५ पुगेको छ ।

यस अवधिमा ७७ हजार ५४५ सवारी साधनमार्फत ३ लाख १९ हजार १५ जना यात्रु उपत्यकामा भित्रिएका छन् । कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, र जगती जस्ता नाकाहरूमा यात्रुहरूको भीड लागेको देखिएको छ ।


Facebook Comments