तनहुँको यान्चोकमा सयपत्री फूलखेती विस्तार

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dcfc948643e.jpg

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, यान्चोकका महिलाहरू व्यावसायिक रूपमा सयपत्री फूलखेती तर्फ आकर्षित भएका छन् ।

यान्चोकटार महिला लघु उद्यमी समूहमा आबद्ध ७० जना महिलाले फूलखेतीको क्षेत्रफल बढाउँदै लगेका छन् ।

समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार, तीन वर्षअघि २२ रोपनीबाट सुरु गरिएको खेती यस वर्ष विस्तार गरी ५० रोपनी क्षेत्रफल पुर्याइएको छ ।

बजारको समस्या नभएको र गाउँपालिकाले बजारीकरणमा सघाउँदै आएकाले महिलाहरूलाई व्यवसाय गर्न सहज भएको छ ।

पालिकाले चाडपर्वका लागि बाहिरबाट फूल ल्याउन नपरोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको हो । तिहार नजिकिएकाले अहिले उत्पादित फूल टिप्न सुरु गरिएको छ ।

गाउँपालिकाले महिलाहरूलाई फूलखेती, टिप्ने तरिका र माला बनाउने सीप समेत प्रदान गरेको कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले सयपत्री फूलखेतीले महिलाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताए ।


Facebook Comments