जुम्लामा कोदोखेतीप्रति किसानको आकर्षण घट्दै

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dd1085dd223.jpg

जुम्ला । जुम्लामा पछिल्लो समय रैथाने बाली कोदोखेतीप्रति किसानको आकर्षण घट्दै गएको छ ।

स्थानीय तहको उदासीनता र किसानको ध्यान तरकारी तथा नगदेबालीमा केन्द्रित हुँदा लोपउन्मुख बनेको कोदोखेतीको उत्पादन र विस्तारमा कमी आएको छ ।

स्थानीय व्यापारी अर्जुन बुढाका अनुसार, कोदोको पिठोको बजारमा माग उच्च छ र यो प्रतिकिलो रु २०० ले बिक्री हुने गरेको छ ।

विशेषगरी आन्तरिक पर्यटकको रोजाइमा पर्ने यो बालीको माग उच्च हुँदा पनि किसान आकर्षित हुन नसक्नु राम्रो पक्ष होइन ।

विशेषगरी तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानी गाउँपालिकाका किसानले कोदोखेती गर्न थालेका छन् ।

कृषि पेसामा युवा जनशक्तिको आकर्षण नहुँदा परम्परागत रूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथाने बाली लगाउँदै आएका छन् ।

जिल्लामा स्वास्थ्यका दृष्टिले लाभदायी र राम्रो मूल्य पाइने कोदो लगायतका रैथाने बाली हराउँदै गएकाप्रति किसानले चिन्ता व्यक्त गरेका छन् ।


Facebook Comments