बदलियो चुनावी तालिका : तीनै तहको निर्वाचन अलग–अलग हुने


काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गते चुनावको मिति तय भएसँगै अब तीनवटै तहको निर्वाचन फरक–फरक समयमा हुने निश्चित भएको छ ।
यससँगै २०७४ र २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकसाथ हुने गरेको अवस्थाको अन्त्य भएको छ । प्रतिनिधि सभाको आगामी फागुन २१ गते चुनाव हुनेछ । यसको कार्यकाल २०८७ सालसम्म रहनेछ ।
पाँच वर्षे कार्यकाल पूरा भएपछि २०८४ सालको वैशाख अन्तिम साता वरिपरि स्थानीय तहको निर्वाचन हुनेछ । यसको पछिल्लो निर्वाचन २०७९ मंसिरमा भएकाले पाँच वर्षे कार्यकालपछि २०८४ को मंसिर वरिपरि प्रदेश सभाको चुनाव हुनेछ ।
निर्वाचन आयोगका अधिकारीहरूका अनुसार, प्रतिनिधि सभा विघटन भएर चुनावको मिति तय भएसँगै एकैपटक तीन तहको निर्वाचन गराउने छलफल टुङ्गिएको छ र अब तीन चरणमा नै निर्वाचन हुने वातावरण बनेको छ ।
उल्लेखनीय छ, जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।
कार्कीको नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गरेका थिए ।
Facebook Comments