सरकारमा जेनजी वा शहीद परिवारको प्रतिनिधित्व अनिवार्य छ : प्रभु साह

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68de5cb714618.jpg

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा जेनजी आन्दोलन वा जेनजी शहीद परिवारको तर्फबाट अनिवार्य सहभागिता हुनुपर्ने माग गरेका छन् ।

दशैँ, तिहार र छठ पर्वको अवसरमा रौतहटको मर्यादपुरमा बिहीबार आयोजित कार्यक्रममा साहले भने, “जुन वर्गको आन्दोलनले यस्तो परिवर्तन भयो त्यही बर्गको सरकारमा सहभागिता नहुनु दुःखद छ ।”

अध्यक्ष साहले अन्तरिम सरकार गठनले मात्र जेनजी आन्दोलनको माग सम्बोधन गर्न नसकिने दाबी गर्दै अन्तरिम संविधानको आवश्यकता मा जोड दिए । 

उनले अहिलेकै संविधान बाट जेनजीको माग सम्बोधन हुन नसक्ने भन्दै अन्तरिम सरकार बनाएर मात्रै आन्दोलनको माग टालटुल गर्न नहुने आग्रह गरे ।


Facebook Comments