फिस्लिङमा पहिरो, मुग्लिङ–नागढुङ्गा सडक दुईतर्फी बन्द


चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा पहिरो खस्दा मुग्लिङ–नागढुङ्गा सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण आज बिहान करिब १ः४५ बजे फिस्लिङमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, पहिरो पन्छाउने काम सुरु भइसकेको छ तर सडक पूर्ण रूपमा खुलाउन कम्तीमा तीन घण्टा लाग्ने अनुमान छ ।
उनले नारायणगढ–मुग्लिन सडक खण्ड भने हालसम्म अवरुद्ध नभएको जानकारी दिए । निरन्तर वर्षा भइरहेकाले स्थानीय प्रशासनले सबै यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।
Facebook Comments