डोटीमा ट्राफिक प्रहरी जवान मृ*त फेला, टाउकोमा चोट
No Author Assigned | २०८२ असोज १८ गते १२:४६
काठमाडौं । डोटीमा दसैँ बिदामा घर गएका एक जना ट्राफिक प्रहरी जवान मृत भेटिएका छन् ।
रौतहटस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत शंकर बलायर शिखर नगरपालिका–८ तिलतालीका स्थायी बासिन्दा हुन् ।
बलायर यही असोज ७ गते दसैँ मनाउन बिदा लिएर घर आएका थिए । बलायरको टाउकोमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ ।
गएराति गोपघाटस्थित सडकमा मृत भेटिएका उनको घटनास्थल सिल गरेर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
Facebook Comments