भारी वर्षाको जोखिमले दुई दिन सार्वजनिक बिदा


काठमाडौं । सरकारले देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना र यसबाट उत्पन्न हुने विपद् जोखिम लाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले शनिबार जारी गरेको सूचनाअनुसार, लगातारको वर्षाले बाढी, डुबान, भूक्षय र सडक तथा हवाई यातायात अवरुद्ध हुने जोखिम बढेकोले जनधनको सुरक्षा का लागि यो निर्णय गरिएको हो ।
विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपालभरका सबै कार्यालय तथा निकायमा बिदा लागू हुनेछ । दसैँ बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी भइरहेका बेला दुई दिन बिदा थपिएको हो ।
सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा रहन तथा सुरक्षात्मक निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
Facebook Comments