रौतहटमा चट्याङ लागेर दुई जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e13290703e2.jpg

चन्द्रपुर । रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर  दुई जनाको मृत्यु भएको छ । 

आज साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरिक्षक राजु कार्कीले मृतक दुवैको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिए ।


Facebook Comments