पहिरो पन्छाएर अरनिको र चरिकोट–काठमाडौं सडकखण्ड सुचारु

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e22aceb1101.jpg

काठमाडौं । अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको अरनिको राजमार्ग र दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडक मा यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दू अधिकारीका अनुसार, काभ्रेको धुलिखेल–खावा–पकुचा लगायत सिन्धुपाल्चोकमा खसेका साना पहिरोहरू पन्छाएर दुईतर्फी यातायात सुचारु गरिएको हो ।

शनिबार बिहानैदेखि यो राजमार्गमा यातायात बन्द भएको थियो । अहिले सिन्धुपाल्चोक, दोलखा र काभ्रे लगायतका जिल्लाबाट गाडीहरू निर्वाध रूपमा आवतजावत गरिरहेका छन् ।

सूचना अधिकारी अधिकारीले सडक मर्मतको टोली उपकरणसहित साइटमै तयारी अवस्थामा रहेको र कुनै अवरोध आए तत्काल पन्छाउने व्यवस्था मिलाइएको जानकारी दिए ।


Facebook Comments