खोलामा टिकटक बनाउने क्रममा युवक बेपत्ता

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e234b5dfcf5.jpg

जनकपुरधाम । बाराको प्रसौनि गाउँपालिका–२, दुधौरा पुल नजिकै दुधौरा खोलामा टिकटक बनाउने क्रममा हाम फालेका एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्थानीय शम्भु गोसाइका २१ वर्षीय छोरा बिकी गोसाइ रहेको इलाका प्रहरी कार्यालय पर्सौनीले जनाएको छ ।

आज बिहान करिब ८ः३० बजेतिर बिकी र स्थानीय अनुराग केसरवानी (२० वर्षीय) सँगै पुलबाट खोलामा हाम फालेका थिए । अनुराग केसरवानी भने आफैँ पौडिएर सकुशल बाहिर निस्किएका छन् ।

बेपत्ता बिकी गोसाइको खोजी कार्यका लागि २८ जना प्रहरीको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।


Facebook Comments