विपद्को क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त, राहतमा जुट्न पार्टीलाई निर्देशन

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e147a7aa3ce.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले विशेषगरी इलाममा पहिरोमा परी १८ जनाको ज्यान गएको र कैयौँ बेपत्ता भएको पीडादायी खबरले दुखी बनाएको उल्लेख गरे ।

प्रचण्डले रसुवामा पनि केही बेपत्ता हुनुका साथै धेरै घर, राजमार्ग र सडकहरू क्षतिग्रस्त भएको, पशुपंक्षी र अन्नबालीमा ठूलो क्षति पुगेको जनाए । उनले विपद्बाट ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।

प्रचण्डले जोखिम पूर्ण रूपमा नहटिसकेको भन्दै सबैमा उच्च सतर्कता अपनाउन आग्रह गरे । साथै, उनले पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनस्र्थापना कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देशित गरेका छन् ।


Facebook Comments