विपद्‌को चुनौती पार गर्न सबै एकजुट होऔँ : सभामुख घिमिरे

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e2376e24a76.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले असोज १८ र १९ गतेको प्राकृतिक विपद्मा सरकारले खेलेको भूमिकालाई सकारात्मक भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

उनले विभिन्न स्थानमा बाढी/पहिरोबाट भएको जनधनको ठूलो क्षतिप्रति दुःखी हुँदै प्रभावित नागरिकहरूप्रति सहानुभूति प्रकट गरे ।

आइतबार अपिल जारी गर्दै सभामुख घिमिरेले उद्धार र पुनस्र्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरेकोमा सरकारलाई धन्यवाद दिए ।

विपद्लाई पार गर्न यस चुनौतीपूर्ण घडीमा सबै एकजुट हुनुपर्ने स्मरण गराउँदै उनले राहत तथा उद्धारमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशवासीमा अपिल गरे ।


Facebook Comments