भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी शर्मा पक्राउ


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रहेका र कारागारबाट भागेका सन्देश शर्मा पक्राउ परेका छन् ।
शर्मालाई भदौ २४ गते केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलबाट भागेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ गरेसँगै उनलाई पुनः कारागार पठाउने प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।
यसअघि भुटानी शरणार्थी प्रकरणका मुख्य प्रतिवादी सानु भण्डारी र केशव दुलाल लाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यस्तै, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डे भने फरार भए पनि पछि आफैँ कारागारमा उपस्थित भएका थिए ।
Facebook Comments