पहिराले खाँदबारी कारागार र अस्पताल भवन उच्च जोखिममा, भोटखोला गाउँपालिका जाने बाटो समेत अवरुद्ध

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e3320c05841.jpeg

सङ्खुवासभा । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछि  को बाढी पहिरोले विभिन्न स्थानमा क्षति पु¥याएको छ । पहिराले खाँदबारीस्थित कारागारको भवन  उच्च जोखिममा परेको छ ।

शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए । पहिरोले कारागारको तल्लो भागको बाहिरी पर्खाल भत्किएर तलदेखि पहिरोले  जोखिम बनाएको उनले बताए । 

पहिरो रोकथामका लागि आइतबारदेखि मर्मत थालिए पनि वर्षाका कारण समस्या भएको उहाँको भनाइ छ । पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मसमेत जोमिममा परेको जनाइएको छ । पहिरोका कारण चैनपुर नगरपालिका–६ मा रहेको १५ शय्याको नगर अस्पताल पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

त्यस्तैगरी चैनपुर –३ सिद्धपोखरीमा एक घर पहिरोको जोखिममा परेको छ । आइतबार दिउँसो आएको वर्षाका कारण ढुङ्गामाटोले बनेको तेञ्जि शेर्पाको घर पहिरोको उच्च जोखिममा परेको उहाँले बताउनुभयो । ती परिवारलाई अन्यत्र सारिएको छ । 

भोटखोला  सडक अवरुद्ध 

पहिरोका कारण सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । उत्तर–दक्षिण सडक खण्डको मकालु गाउँपालिका–३ मा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगसम्बन्ध सम्पर्क टुटेको छ ।

त्यस्तैगरी पहिरोका कारण उत्तर दक्षिण कोशी सडक खण्डका केही स्थानमा अझै पहिरोले अवरोध भएका कारण जिल्ला बाहिर जाने लामो दुरीका यातायात सञ्चालनमा रोक लगाइएको छ ।

माथिल्लो क्षेत्रमा लगातर ठूलो वर्षा भइरहेको र अरुण नदीका बेसिन खतराको तहपार गरेको अवस्था रहेको र अझै बढ्ने खतरा भएका कारण जिल्ला बाहिर तथा जिल्लाभित्रका ग्रामीण सडक खण्डमा यातायात सञ्चालनमा रोकलगाइएको निमित्त प्रहरी प्रमुख लामिछानले जानकारी दिए ।


Facebook Comments