मन्त्री घिसिङ र अर्याल पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न इलाम जाने कार्यक्रम स्थगित

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e0faa1b205d.jpg

काठमाडौं । मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल आज इलाम जाने भनिएको कार्यक्रम स्थगित भएको छ ।

 पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज ११ बजे इलाम जाने मन्त्रीद्वय घिसिङ र अर्यालको कार्यक्रम स्थगित भएको हो ।

काठमाडौंबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भएको थियो ।

११ बजेभन्दा अगाडिको टिकट पाएमा अगाडि नै जाने भन्ने समेत तयारी थियो । तर टिकट नपाएपछि आज इलाम जाने कार्यक्रम क्यान्सिल भएको गृहमन्त्रालय स्रोतले जनाएको छ । राहत सामग्री समेत बोकेर छिट्टै इलाम जाने कार्यक्रम बनाउने मन्त्रालयले जनाएको छ ।

 

 

 


Facebook Comments