बाढीपीडितको उद्धार र राहत वितरणमा विराटनगर महानगरपालिकाको पहल

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e3d80782f3e.jpeg

विराटनगर । विराटनगर महानगरपालिकाले अविरल वर्षाका कारण  महानगर क्षेत्रमा प्रभावित परिवारलाई राहत वितरणमा कुनै कमी हुन नदिने जनाएको छ । महानगर प्रमुख नागेश कोइरालाले आज यहाँ क्रियाशील सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरी यस कार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

महानगरको समन्वयमा आज बिहानको खाना अग्रवाल सेवा समितिले उपलब्ध गराएको थियो भने अहिले साँझको खाना राउण्ड टेबलले उपलब्ध गराएको छ ।

 महानगर प्रमुख कोइरालाले रेडक्रसलगायत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग समेत छलफल गरी सहयोगका लागि सहजीकरण गरिएको बताए ।  त्यसक्रममा रेडक्रसले त्रिपाल र ‘म्याट्रेस’ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । 

अग्रवाल सेवा समितिको सहयोगमा विराटनगर–१२ स्थित सम्पन्न बस्तीका बाढीपीडितलाई खाद्यान्न वितरण गरिएको पनि जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा महानगर प्रहरीले आइतबार ३०० परिवारलाई उद्धार गरी बखरी आधारभूत विद्यालयमा राखेको छ । 


Facebook Comments