इन्दु बनिन् १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e4e38d6d3d9.jpg

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले अन्तर्राष्ट्रिय टी–ट्वेन्टीमा ऐतिहासिक कीर्तिमान कायम गरेकी छन् । उनी एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।

इन्दुले मङ्गलबार मलेसियाविरुद्ध भएको पाँच खेलको शृङ्खलाको चौथो खेलमा यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेकी हुन् । उक्त खेलमा उनले अविजित ४८ रनको उत्कृष्ट इनिङ्स खेल्दै नेपाललाई विजय दिलाउनुका साथै व्यक्तिगत रूपमा एक हजार रनको आँकडा पनि पार गरिन् ।

यस प्रदर्शनसँगै इन्दु बर्माले हालसम्म ७७ खेलको ७० इनिङ्सबाट कुल १,०३३ रन बनाइसकेकी छन् । उनको यो उपलब्धि नेपाली महिला क्रिकेटका लागि एक ठूलो माइलस्टोन हो ।

नेपाली महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा इन्दुले अग्रता लिइन् । उनीसँगै दोस्रो स्थानमा सीता रानामगर छिन् । उनले ६३ खेलबाट ९६५ रन बनाएकी छन् । तेस्रो स्थानमा रुबिना क्षेत्री छिन् । उनले ७८ खेलबाट ९३६ रन बनाएकी छन् ।

इन्दु बर्माको कप्तानी र ब्याटिङले नेपाली महिला क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको भन्दै क्रिक्रेट समर्थकहरू उनको प्रंशसा गरिरहेका छन् ।


Facebook Comments