हतियार लुट्ने र कारागारबाट भाग्नेलाई १० वर्ष कैद सजायको माग

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e4f32ed3d22.jpg

काठमाडौं । जेन–जी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रहरीका हतियार लुट्ने र कारागारबाट भाग्ने व्यक्तिहरूलाई कडा कारबाही गर्न १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने गरी अध्यादेशमार्फत कानुन ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

अध्यक्ष कार्कीका अनुसार, प्रहरीको हतियार लुट्नेलाई सजाय गर्ने स्पष्ट कानुन अहिले नभएको र लुटिएका हतियारले सुरक्षा चुनौती बढाएकोले हातहतियार तथा खरखजाना ऐन संशोधन गरी विशेष सजायको प्रावधान राख्नुपर्छ ।

कारागारबाट भागेकाहरूलाई हाल कसुर अनुसार ५ वर्षसम्म थप सजाय हुने प्रावधान छ । कार्कीले अल्टिमेटममा फर्कन नमान्नेलाई १० वर्ष कैदको प्रावधान राखे मात्र कैदीबन्दीहरू फर्कने विश्वास व्यक्त गरे ।

कारागार व्यवस्थापन विभागका अनुसार, २४ गते भागेका साढे १४ हजार कैदीबन्दीमध्ये ५ हजार ६९७ जना अझै फरार छन् । आन्दोलनमा करिब एक हजार हतियार र हजारौँ राउन्ड गोली पनि प्रहरीले फिर्ता पाएको छैन ।


Facebook Comments