बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा कोशी सरकार
आजदेखि चिकित्सको टोली परिचालन


विराटनगर । कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासस्वरुप आजदेखि चिकित्सको टोली परिचालन गर्ने भएको छ ।
प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि र चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन हुने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.केनीन राईले बताए।
आज बिहान तीन वटा टोली इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुर प्रस्थान गर्ने तयारीमा रहेको उनले जानकारी दिए।
महामारी तथा किटजन्य रोग लाग्नबाट जोगिन सुझाउने तथा पीडितका स्वास्थ्य समस्याबारे टोलीले जानकारी लिने र आवश्यकतानुसार सहयोग गर्नेछ । साथै टोलीले क्षतिको विवरण पनि सङ्कलन गर्नेछ
Facebook Comments