घरायसी विवादका कारण खुकुरी प्रहार गरेर श्रीमतीको ह*त्या

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Hatya.jpg

नुवाकोट । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ उनले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाकाे घटनास्थलमा नै मृत्यु भएको हो । 

घटनाबारे जानकारी प्राप्त हुनासाथ तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । तामाङले आवेशमा आएर श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । 


Facebook Comments