रास्वपा सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्दैछ ।
दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकले मुख्यतः दुई विषयमा निर्णय गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकले पार्टीको आगामी विस्तारित बैठकका एजेन्डाहरू तय गर्नेछ र त्यसको व्यवस्थापन पक्षबारे छलफल गर्नेछ ।
असोज १७ देखि १९ गतेसम्मको मनसुनजन्य विपद्मा पार्टीको सक्रियता र भावी दिनमा यसलाई कसरी निरन्तरता दिने भन्नेबारे समीक्षा र छलफल हुनेछ ।
यसैगरी, रास्वपाले आयोजना गर्ने तयारी गरेको ‘सद्भाव यात्रा’को कार्यसूचीबारे पनि आजको बैठकमा छलफल हुने प्रवक्ता झाले बताए ।
Facebook Comments