मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२०आई शृंखला

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e5edb5d68a8.jpg

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको पाँच खेलको टी–२०आई शृंखला ३–२ ले जितेको छ ।

बुधबार बिहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ विकेटले पराजित गरेको हाे ।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रन र पूजा महतोले २३ रनको योगदान दिए । कप्तान रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।

त्यसअघि, पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । 

नेपालका लागि कविता कुँवर र राजमती ऐरी दुवैले उत्कृष्ट बलिङ गर्दै ३–३ विकेट लिएका थिए ।

यस जितसँगै नेपालले शृंखला आफ्नो पक्षमा पार्दै एसियाली क्रिकेटमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ ।


Facebook Comments