काठमाडौंमा २२ वर्षीया युवतीको शव फेला

काठमाडौं । काठमाडौंको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ ।
प्रहरीका अनुसार, मृत भेटिएकी युवती काभ्रेकी २२ वर्षीया रितु मगर रहेको खुलेको छ । उनी हाल काठमाडौं महानगरपालिका–१६, म्हैपीमा बस्दै आएकी थिइन् ।
उनको शव मङ्गलबार फेला परेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
मृत्युको कारण भने हालसम्म खुलेको छैन र यस सम्बन्धमा प्रहरीले गहन अनुसन्धान गरिरहेको छ ।
Facebook Comments