सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

User Image मेयरसाप डेस्क | २०८३ असोज २१ गते १७:१२
Image of https://mayorsap.com/storage/photos/shares/kaleji-prem1.jpg

काठमाडौं । लेखक सरोज भट्टराईको पहिलो साहित्यिक कृति ‘कलेजी प्रेम’ लोकार्पण गरिएको छ ।

प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको ‘कलेजी प्रेम’मा देशप्रेम तथा मातृभूमिप्रतिको आत्मीय भावनालाई समेत अभिव्यक्त गरिएको छ । पुस्तकको सोमबार आयोजित एक समारोहबीच लोकार्पण गरिएको हो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न लोकार्पण समारोहमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा सहभागी थिए ।

समारोहमा दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा ‘कलेजी प्रेम’माथि आफ्ना धारणा तथा दृष्टिकोण प्रस्तुत गरेका थिए ।

लोकार्पण कार्यक्रममा लेखक भट्टराईले ‘कलेजी प्रेम’लाई केवल प्रेमकथामा सीमित कृतिका रूपमा नहेर्न आग्रह गरे । उनका अनुसार पुस्तकले प्रेम र सम्बन्धसँगै समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने प्रयास गरेको छ ।

प्रहरी महानिरीक्षक कार्कीले पुस्तकमा प्रस्तुत कथा र विचार नेपालमै बसेर आफ्नो पहिचान निर्माण गर्न चाहने धेरै युवाको जीवनसँग जोडिन सक्ने बताए । उनले कृतिले युवा पुस्ताका भावना, संघर्ष र देशप्रतिको सम्बन्धलाई समेत प्रस्तुत गरेको धारणा राखे ।


Facebook Comments