एमाले नेता महेश बस्नेत साइबर ब्युरोमा हाजिर


काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत साइबर क्राइमको आरोपमा बयानका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा हाजिर भएका छन् ।
सरकारी वकिल कार्यालयले अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएपछि बस्नेत बुधबार बिहान ब्युरो पुगेका थिए ।
ब्युरो स्रोतका अनुसार उनीसँग बयान लिने काम भइरहेको छ । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् ।
Facebook Comments