सम्पत्तिको छानबिन रामेश्वर र कुलमानबाट सुरु गर्ने कि नगर्ने?

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e60d9687586.jpg

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा सरकारका दुई मन्त्रीलाई ल्याउनुपर्ने माग राखेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल (पूर्वसचिव) बाट सम्पत्ति शुद्धीकरणको छानबिन सुरु गर्नुपर्ने भन्दै प्रश्न गरेका हुन् ।

त्यस्तै, उनले ऊर्जामन्त्री कुलमान घिसिङमाथि पनि अख्तियार र संसदीय समितिमा दर्जनौं उजुरी रहेको दाबी गर्दै उनीबाट पनि छानबिन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

बस्नेतले भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने? कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ...अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने?’


Facebook Comments