बालेन र सुदनविरुद्ध देशभर जाहेरी दिने अखिलको तयारी

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e4f4f747fb4.jpg

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्ध देशव्यापी रूपमा किटानी जाहेरी दिने तयारी गरेको छ ।

अखिलले जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएको भन्दै उनीहरुलाई आरोपित गरेको छ । अब अखिलले देशका सबै जिल्लाहरूमा एकैसाथ जाहेरी दर्ता गराउने अभियान सुरु गर्ने भएको छ ।

अखिलका महासचिव दीपक धामीले आज (बुधबार) देखि केन्द्रको समन्वयमा जिल्ला–जिल्लाका प्रहरी कार्यालयहरूमा जाहेरी दर्ता गर्ने बताए । ‘सार्वजनिक सम्पत्ति, अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ,’ उनले भने ।

यसअघि मङ्गलबार अखिलले काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिन गएको थियो, तर प्रहरीले जाहेरी दर्ता नगरी सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।


Facebook Comments