तेस्रो पटक क्षतिग्रस्त स्याफ्रु–रसुवागढी सडकको मर्मत सुरु


रसुवा । असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको स्याफ्रु–रसुवागढी सडकखण्ड को मर्मत कार्य सुरु गरिएको छ । यो सडकखण्ड यस वर्ष तेस्रो पटक बाढीपहिरोका कारण अवरुद्ध भएको हो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले दिएको जानकारीअनुसार, याङयाङदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकको २० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ ।
सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर संयुक्त रूपमा प्रयोग गरिएको छ । मर्मत खर्च भने दुवै निकायले आ–आफ्नो तर्फबाट व्यहोर्ने गाउँपालिकाले जनाएको छ ।
यसैबीच, गत असार २४ गते बाढीले बगाएको ल्हेन्दे खोलाको मितेरी पुल निर्माण कार्य धमाधम भइरहेको छ र तिहारसम्म बेलिब्रिज तयार हुने अनुमान गरिएको छ ।
Facebook Comments