फेसबुकमा प्रहरीविरुद्ध अनर्गल पोस्ट गर्ने युवक पक्राउ


स्याङ्जा । सामाजिक सञ्जाल फेसबुकमार्फत स्याङ्जावासी र जिल्ला प्रहरीविरुद्ध अनर्गल, झुटो र कपोलकल्पित सामग्रीहरू पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जा प्रहरीका अनुसार, ’पुष्पक’ नामको फेसबुक पेज सञ्चालन गरी फोटोसहित आपत्तिजनक विवरणहरू पोस्ट गर्ने पुष्पक थापा पक्राउ परेका हुन् । ३३ वर्षीय थापा पोखरा महानगरपालिका–९ का बासिन्दा हुन् ।
प्रहरी निरीक्षक कमल नेपालीले थापालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक र आपत्तिजनक सामग्री फैलाएकामाथि कडा निगरानी गरिरहेको बताएको छ ।
Facebook Comments