नेताहरूको सम्पत्ति छानबिन हुँदा खुसी लाग्यो : अध्यक्ष लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेताहरूको सम्पत्तिमाथि छानबिन सुरु भएकोमा खुसी व्यक्त गरेका छन् ।
लामो समयदेखि आफूहरूले नेताहरूको सम्पत्ति छानबिनको माग गर्दै आएको स्मरण गराउँदै उनले हाल सुरु भएको छानबिनको दायरा फराकिलो बनाउनुपर्ने माग गरेका छन् ।
लिङ्देनले भने, “अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ । तर छानबिन नेताको मात्र गरेर पुग्दैन, उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ ।”
उनले भ्रष्टाचार नियन्त्रणका लागि उच्च राजनीतिक नेतृत्वको सम्पत्तिको स्रोत खोज्नु अनिवार्य रहेकोमा जोड दिए ।
Facebook Comments