हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाऊ !

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e62aae52bee.jpg

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई ठाडो चुनौती दिएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले जेनजी अगुवाहरूले ओलीविरुद्ध प्रहरीमा उजुरी दिएको भोलिपल्टै आक्रोशित हुँदै भने, “तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाऊ !”

आफूहरू दूधले नुहाएको नभएको स्वीकार गर्दै बस्नेतले अगाडी भने, “महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर । होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त?”

जेन–जी आन्दोलनबारे एमालेका महत्वपूर्ण नेताहरूको धारणा चाँडै सार्वजनिक हुने र २७ गतेको केन्द्रीय कमिटी बैठकपछि पार्टीले आफ्नो आधिकारिक अडान सार्वजनिक गर्ने बस्नेतले जानकारी दिए ।


Facebook Comments