अध्यक्ष ओलीले भक्तपुरमा आज आयोजना हुने एमालेको कार्यक्रमलाई सम्बोधन गर्ने

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nada oli.jpg

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुमा आयोजित एमालेको एक कार्यक्रममा सहभागी हुने भएका छन् ।

बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रममा ओली सहभागी हुने भएका हुन् । उनले कार्यक्रमलाई सम्बोधन समेत गर्ने भएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीले त्यसयता कुनै पनि कार्यक्रममा सहभागीता जनाएका थिएनन् । जेनजी आन्दोलनमा दमनकारी नीति लिएको आरोपमा ओलीलाई पक्राउ गरी कारबाही गर्न युवाहरुले प्रहरीमा उजुरी समेत दिएका छन् । यस अवस्थामा ओलीले आजको कार्यक्रममा के सम्बोधन गर्लान भन्ने सबैको चासोको विषय बनेको छ ।

कार्यक्रममा महासचिव शंकर पोखरेल लगायत नेताहरू सहभागी हुँदैछन् ।

 

 

 


Facebook Comments