आज कांग्रेसको पदाधिकारी बैठक बस्दै, सभापति देउवा सहभागी नहुने
केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गरिने


काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न आज दिउँसो १ बजे ललितपुरको एक होटलमा पदाधिकारी बैठक बस्ने भएको हो ।
बैठकमा सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन् । बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने भएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन् । जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि कुटपिट समेत भएको थियो ।
Facebook Comments