केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुनै कारबाही वा हस्तक्षेप गरिए देशभरि आगो बल्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ठाडो चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले जेनजी आन्दोलनलाई ’हावाभरका नौटंकी’ को संज्ञा दिए ।
बस्नेतले आफू र आफ्नो टोलीले राणा, पञ्च र शाही शासन विरुद्ध लडेको युथफोर्सको नेतृत्व गरेको भन्दै ओलीलाई छुन खोजिए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए । उनले युवासंघले असोज २५ गते मोटरसाइकल र्याली गरेर आफ्नो शक्ति देखाउने चेतावनीसमेत दिए ।
उनले भ्रष्टाचार छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताउँदै, पहिला नेपालको १ नम्बर भ्रष्टाचारी कुलमान घिसिङबाट अनुसन्धान थाल्नुपर्ने माग गरे । बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल, मेयर बालेन शाह, र जेनजी अगुवा सुदन गुरुङमाथि पनि छानबिन हुनुपर्ने बताए ।
Facebook Comments