हेटौँडामा अवैध कपडा र पटका बरामद, २ जना पक्राउ

User Image दिक्षान्स खड्का | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e8a3ef25e21.jpg

काठमाडौं । मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन नजिकबाट ३४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

सुरक्षा जाँचका क्रममा शुक्रबार बिहान वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको एक गाडीबाट ठूलो मात्रामा कपडा र प्रतिबन्धित पटका फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीका चालक प्रदिप कुमार चौधरी र विजय साहलाई नियन्त्रणमा लिएको छ । दुवै जना रौतहट जिल्लाका बासिन्दा हुन् ।

गाडीको पछाडिको ढालाभित्र लुकाइएका १३० थान साडी, ६९६ थान कुर्ता, १७५ थान टप्स र १,००१ थान कपडाका थानहरू बरामद गरिएका छन् । यसको अनुमानित मूल्य १४ लाख रुपैयाँ रहेको छ ।

कपडासँगै झन्डै २० लाख रुपैयाँ बराबरको प्रतिबन्धित झिरझिरे पटका समेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।


Facebook Comments