काठमाडौं उपत्यकासहित देशभर बढ्न थाल्यो जाडो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो

User Image मेयरसाप डेस्क | ५ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e9bc8fad7d9.png

काठमाडौं । काठमाडौंसहित देशैभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ भने चिसो बढ्दो क्रममा छ । तापक्रम घटेका कारण बिहान र साँझको समयमा जाडो महसुस हुन थालेको छ ।

आज (शनिबार) बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम शुक्रबारको तुलनामा घटेको हो । शुक्रबारको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस थियो । यसैगरी आज बिहान हुम्लाको न्यूनतम तापक्रम –१.३३ पुगेको छ । उपल्लो हुम्लामा हिमपात भएका कारण तापक्रम घटेको हो ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन हिजो (शुक्रबार) देखि पूरै नेपालबाट बाहिरिसकेको छ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। आज पूर्वी नेपालका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 


Facebook Comments