ढोरपाटन नगरपालिकाका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा दायर
मेयरसाप डेस्क
|
२०८२ असोज २५ गते ०५:४७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको पनि मुद्दा दायर गरेको छ ।
सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मेयर नेपाली विरुद्ध बागलुङको जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणको पनि मुद्दा दायर गरेको हो ।
नेपालीविरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदावी सहित मुद्दा दायर गरिएको छ । उनीमाथि बागलुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति कमाएको आरोप छ ।
पहिले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएका नेपालीलाई बिहीबार सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता गरिएको सरकारी वकिल कार्यालय बागलुङले जनाएको छ ।
सहकारी ठगी छानबिन प्रतिवेदन र प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीन वटा मुद्दा चलाउन सिफारिस गरिएको भएपनि यसअघि सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएको थियो ।
Facebook Comments