मोडेल स्वाती पञ्जियार म्युजिक भिडियोबाट डेब्यु गर्दै
मेयरसाप डेस्क
|
२०८२ असोज २५ गते १७:००
काठमाडौं । जनकपुरकी २५ वर्षीया स्वाती पञ्जियार नेपाली संगीत क्षेत्रमा प्रवेश गर्ने भएकी छन् । स्वातीले मिथिलाको महान पर्व छठलाई केन्द्रमा राखेर निर्माण भइरहेको म्युजिक भिडियोमार्फत संगीत क्षेत्रमा डेब्यु गर्न लागेकी हुन् ।
मिस नेपाल २०२५ मा मिथिला–मधेश प्रदेशको राजधानी जनकपुरको प्रतिनिधित्व गर्दै स्वातीले प्रभावशाली प्रदर्शन गरेकी थिइन् । उनी अभिनित म्युजिक भिडियोको काम अहिले तीव्र गतिमा भइरहेको शाह इन्टरटेनमेन्ट कम्पनीले जनाएको छ ।
कम्पनीले गत १० वर्षको सफल यात्रापछि यस प्रोजेक्टलाई अझै भव्य, सशक्त र सांस्कृतिक रूपमा गहिरो संदेशयुक्त बनाउने लक्ष्य राखेको जनाएको छ।

शाह इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुँदै गरेको यो भिडियोले मिथिला–मधेश क्षेत्रको संस्कृति, आस्था र सौन्दर्यलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। दर्शकहरूले यसलाई उच्चस्तरीय दृश्य–श्रव्य अनुभवका रूपमा ग्रहण गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

हाल स्वाती पञ्जियार भिडियोका लागि अन्तिम तयारीमा व्यस्त छन् र आफ्नो पहिलो डेब्युलाई अविस्मरणीय बनाउने दृढ संकल्पसहित मेहनत गरिरहेकी छन्।
Facebook Comments