जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त जनकपुरको राजस्व कार्यालय मर्मत, आजदेखि सेवा प्रवाह

User Image मेयरसाप डेस्क | २०८२ असोज २५ गते ०७:४८
Image of https://mayorsap.com/storage/photos/10/68ea1f78bd6c7.PNG

जनकपुरधाम । जेनजीको प्रर्दशनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त भई सेवा बन्द भएको आन्तरिक राजस्व कार्यालयबाट आजदेखि राजस्व सङ्कलन तथा सेवा प्रवाहको कार्य सुरु भएको छ । 

 उक्त कार्यालयको भौतिक सामग्रीको खरिद, मर्मत सम्भार, सरसफाइ तथा रङरोगन गरी कार्यालय सञ्चालन भएको कार्यालयले जनाएको छ । गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो । 

आगजनी तथा तोडफोडबाट  कार्यालयको करिब रु दुई करोड ५० लाख बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिए । सो क्रममा कार्यालय हाताभित्र रहेको चारपाङ्ग्रे दुई गाडी तथा पाँच मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप तथा कागजपत्र, राजस्व स्टीकर, पाले घरलगायत कार्यालयका कोठा जलेर नष्ट भएका थिए । कार्यालय मर्मत सुधार भएपछि विस्तारै सेवा सुरु गरिएको तथा सेवाग्रही राजस्व बुझाउन आउन थालेका छन् । 


Facebook Comments