सभापति देउवालाई नेता कोइरालाको आग्रह–केन्द्रीय कार्य समिति तत्काल विघटन गर्नुस्

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न आग्रह गरेका छन् ।
शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले सभापति देउवालाई यस्तो आग्रह गरेका हुन् ।
उनले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिएका छन् ।
नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे ।
Facebook Comments