सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68eb8f7b9d45f.jpeg

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई आज (आइतबार) पक्राउ गरेको छ ।

महरालाई ’भेप’ (Vape) मार्फत भएको सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको सीआईबीले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ ।

सीआईबीले लामो समयदेखि महराको संलग्नता रहेको भनिएको उक्त सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।

यसअघि पनि महरालाई २०८० चैतमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो भने केही दिनअघि मात्र प्रहरीले उनको बयान समेत लिएको थियो ।


Facebook Comments