गगन भन्छन्– ‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं’

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68eb9409a6fd9.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको राजनीतिमा संवादको नयाँ वातावरण प्रारम्भ गर्न तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

सामाजिक सञ्जालमा एक भिडियोमार्फत थापाले आफ्नो दल नेपाली कांग्रेससहित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्तालाई आफ्ना प्रमुख नेताहरूलाई ’अब नो मोर’ (अब पुग्यो) भनेर अनुरोध गर्न आग्रह गरेका हुन् ।

“तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,“ थापाले भने । उनले नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने नभएको र आफूहरू पनि अनुपयुक्त भएमा बिदा लिन तयार रहेको जिकिर गरे ।

महामन्त्री थापाले निरन्तर पार्टीमा महाधिवेशनको माग गर्दै आएका छन् ।

 


Facebook Comments