जेनजी आन्दोलनमा भागेका ६ हजार बढी कैदीबन्दी अझै फरार, ९ हजार पक्राउ


काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका र हालसम्म पनि नफर्किएका कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले आज सार्वजनिक गरेको विवरण अनुसार हालसम्म नेपाली ५ हजार ८६८, भारतीय नागरिक ५४० र अन्य विभिन्न देशका १०८ जना कैदीबन्दी फरार छन्।
आन्दोलनको क्रममा देशका अधिकांश कारागारबाट कैदी भागेका थिए। अहिलेसम्म ९ हजार ८ जना कैदीबन्दी कारागार फर्किएको पनि विभागले जनाएको छ ।
Facebook Comments